जानकी महिला जागरण समाज,धनुषाको सहयोगमा इन्सेकको समन्वयमा राइट्स क्लिनिक,धनुषाको आयोजना २०८२ मंसिर २७ गते शनिवारका दिन जनकपुरको होटल वोलकममा “आसन्न आम निर्वाचनस् जेनजेड युवा तथा महिलाको सहभागिता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
यस कार्यक्रममा ८ वटा राजनैतिक दलका नेताहरुको उपस्थितीमा ४७ जना जेन–जेड युवा लगायत अन्य सरोकारवालाहरु सहित ८० जनाको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रम जेन–जेड युवाहरुले उपस्थित राजनैतिक दलका नेताहरु लाई केन्द्रित गरेर आफ्नो प्रश्न राखेका थिए । जेन–जेड युवाहरुको प्रश्न भ्रष्टाचार, खर्चिलो चुनाव,चुनावको टिकट खरिद विक्री, वैदेसिक ऋणको वृद्धी, महँगी, सत्तामा रहेका नेताहरू व्यक्तिगत समृद्धि, राजनैतिक दलमा यूवाको नेतृत्व जस्ता विषयहरुमा केन्द्रित रहेको थियो ।
यस कार्यक्रममा जेन–जेडका अगुवाहरुको अभिव्यक्ति अनुरुप उनिहरुको स्थापित दलहरूप्रति बढ्दो अविश्वास र वैकल्पिक राजनीतिक शक्तिको सम्भावनालाई उजागर गर्दै आफ्नो आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न दलहरूलाई अपीलसमेत गरेकाछन् ।
अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा वरिष्ठ मानव अधिकारकर्मी सुशिल प्याकुरेल रहनुभएको थियो भने अध्यक्षता जानकी महिला जागरण समाज,धनुषाको अध्यक्ष मन्दा कुमारी कर्णले गर्नु भएको थियो ।